macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सहज ट्रेड सहकारी संस्थाको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्य कार्यसमिति निर्विरोध चयन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा ।  सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा चिन्तामाणि वास्तोला,सचिव माधम प्रसाद तिमिल्सेना ,कोषाध्यक्ष विश्व तण्डुकार ,सदस्यहरुमा मचराजा मर्हजन कल्पना शर्मा, रक्छे लामा रहेका छन् ।

लेखा समिति संयोजक राजु श्रेष्ठ,कमल कुमार प्रधान ,रामनारायण श्रेष्ठ रहेको समितिलाई निर्वाजन संयोजक बरिष्ठ अधिबक्ता दामुदर अधिकारीले पद सपथ गराउनु भएको थियो ।

सो अधिवेशनको शुभारम्भ गदै सहकारीका संस्थापक अध्यक्ष कृष्ण बहादुर थापाले सहकारी भावना र सिद्धान्त मा रही संस्था संचालन मा भएका सहकारीहरु लाई समस्या नपर्ने बताए ।

सो साधारण सभाले संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ,सचिव चिन्तामणि वास्तोला ,कोषाध्यक्ष माधव तिमिल्सीना ,ब्यवस्थापक विश्वहरी जोशी , लेखा संयोजक राजु श्रेष्ठ द्धारा प्रस्तुत प्रतिवेदनलाई पारित गरेको छ ।

२०६९ मा स्थानीयहरु द्धारा स्थापीत सहकारीको हाल सेयर पुजी ४ करोड ९६ लाख ,बचत १५ करोड ७४लाख ऋण लगानी १८ करोड रहेको छ ।

संस्थाका अध्यक्ष श्याम श्रेष्ठको सभापत्तित्वमा भएको कार्यक्रममा सल्लाहकार निरन्जन श्रेष्ठ , उपाध्यक्ष सरीता ताम्राकार, सचिव चिन्तामणि बास्तोला , कोषाध्यक्ष माधव तिमिल्सीना लगायतले संस्थागत भनाई सहित विविध सम्मान गरिएको थियो ।

himalayan life insurance
igi long
NTA long ad