macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अवैध लगानी र ठगी गरेको आरोपमा एक सयभन्दा बढी वेबसाइट बन्द

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

नयाँदिल्ली । संगठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइटहरु पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले जनाएको छ ।

दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रुपमा सम्बोधन गर्न मन्त्रालयको पहल ‘इन्डियन साइबर क्राइम कोअर्डिनेसन सेन्टर’ अन्तर्गत यो कदम चालिएको हो ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय साइबर अपराध चुनौती मुल्यांकन एकाईको सिफारिसमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ती वेबसाइटहरु बन्द गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कार्य–आधारित संगठित अवैध लगानी–सम्बन्धित आर्थिक अपराधहरुलाई यी वेबसाइटहरुले सहयोग पुर्याउने गरेका, विदेशी अभिनेताहरुले सञ्चालन गरेको र उनीहरुले डिजिटल विज्ञापन, च्याट मेसेन्जर र भाडाका खाताहरु प्रयोग गरिरहेका थिए ।

”’कार्ड नेटवर्क, क्रिप्टोकरेन्सी, विदेशी एटीएम निकासी र अन्तर्राष्ट्रिय फिनटेक कम्पनीहरुको प्रयोग गरेर ठूलो मात्रामा आर्थिक ठगीबाट प्राप्त रकम भारतबाट बाहिर निकालिएको पनि थाहा भयो ।”

इन्टरनेट मार्फत प्रायोजित यस्ता उच्च कमिसन तिर्ने अनलाइन योजनामा लगानी गर्नुअघि सावधानी अपनाउन पनि मन्त्रालयले सचेत गराएको छ ।

himalayan life insurance
igi long
NTA long ad