sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन

Nimb long ad
Prabhu Insurance Long Ad

कोलम्बो। श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्रै पुनः प्रयोगमा ल्याउँन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकास सम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ ।

समितिले उद्योगीहरूलाई विनानिगरानी सहज रूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।

श्रीलङ्काले वार्षिक चार लाख मेट्रिक टन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको पनि सञ्चार विभागले जनाएको छ ।

सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक सङ्कलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशन समेत दिएको छ । श्रीलङ्कामा पिँल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ ।

समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रोगमा ल्यान नमिल्ने खालका प्लास्टिकको जथाभाबी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

gold
prabhu bank
nawakantipur long