macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ बढी रकम बैंकहरुमा लगानी गर्ने

ब्याजदर प्रस्ताव गर्न आह्वान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ।राष्ट्र बैंकले विभिन्न कोषमा रहेको कुल ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो।

जसअनुसार केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड ४५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड १५ लाख रुपैयाँ लगानी गरिने जनाएको छ।

त्यस्तै, कर्मचारी सुरक्षण कोषमा रहेको रकममध्ये वाणिज्य बैंकहरुमा १ अर्ब ९ करोड ४४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २० करोड ५२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ६ करोड ८४ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यी दुवै कोषको रकम आउँदो पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म ३६६ दिनका लागि लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई यही मंसिर १९ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

himalayan life insurance
igi long
NTA long ad