stcnepal long ad
himalayan life insurance long ad

चिनियाँ विदेशमन्त्री वाङ यी यही हप्ता अमेरिकाको भ्रमणमा जाने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

चीनका विदेशमन्त्री वाङ यी यसै हप्ता अमेरिकाको भ्रमणमा जाने हुनुभएको छ । उहाँको भ्रमण आउँदो महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच हुन लागेको सम्भावित बैठकभन्दा अघि हुन लागेको हो ।

विदेशमन्त्री यीको तीन दिने भ्रमणमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ ।

तर उहाँले राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे खुलेको छैन । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको थियो ।

अमेरिका र चीनबीच तनाव बढिरहेको अवस्थामा बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ ।

इजरायल र हमास समूहबीच युद्ध भइरहेको बेला अमेरिकाले इजरायललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको अवस्थामा चिनियाँ विदेशमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो ।

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस–स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्धलगायतका मुद्दामा अमेरिकी  अधिकारीहरले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।