stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चियन हताहरी भएको र अल–शिफा अस्पतालमा पुगेको बताइएको छ ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएअनुसार इजरायली हवाई आक्रमणबाट बच्न ४०० भन्दा बढी मानिसहरू, (ईसाई र मुस्लिमहरू)ले चर्चमा शरण लिएका थिए ।

यसैबीच इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार राति उसको लडाकु विमानहरूले हमास विद्रोहीहरूको कमाण्ड र नियन्त्रण केन्द्रलाई निशाना बनाई आक्रमण गरेको थियो ।

prabhu mahalaxmi
kumari