citizens life insurance long ad
stcnepal long ad

संसारबाट मानवता हराउँदै गएको राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुखको भनाइ

Nimb long ad
Prabhu Insurance Long Ad

संयुक्त राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले संसारबाट मानवता हराउँदै गएको टिप्पणी गरेका छन् ।

इजरायल र हमासबीचको युद्धको परिणामस्वरुप मध्यपूर्व ‘अगाध खाडलको किनारमा’ पुगेको उनको दावी छ ।

बेलायती समाचार संस्था बिबिसीलाई प्रतिक्रिया दिनेक्रममा राष्ट्रसंघको राहत एजेन्सीका प्रमुख लाजारिनीले गाजाका नागरिकहरूको डरलाग्दो अवस्थाबारे चेतावनी दिंदै यस क्षेत्रमा मानवीय सहायता कोरिडोरहरू तत्काल खोल्न फेरि आह्वान गरेका छन् ।

जेरुसेलममा बोल्दै लाजारिनीले इजरायलमा हमासको आक्रमणको निन्दा गर्दै यसलाई ‘भयानक र बर्बर नरसंहार’ को संज्ञा दिएका छन् ।

तर यो घटनाले अझै पनि इजरायलले गाजामा गरिरहेको युद्धको औचित्य पुष्टि नगर्ने उनको दावी छ । गाजाको सर्वसाधारणको नरसंहार गरेर मध्यपूर्वमा शान्ति नआउने उनले बताएका छन् ।

IME Life
kumari