macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कामना सेवा विकास बैंकको नाफा बढे

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा ह्वातै बढेको छ । यस अवधिमा खुद नाफा १८७.५८% ले बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसअवधिमा इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन नाफा ह्वातै बढेको छ ।

यसले नाफा बढ्न सहयोग पुगेको हो । गत वर्ष यसैअवधिमा २५ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ९ करोड ५२ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । योसँगै सञ्चालन नाफा २०३.३३% ले बढेर १८ करोड ९५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस बैंकले ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।यता, एक वर्षको अवधिमा खुद ब्याज आम्दानी भने ६.०१% ले घटेर ४९ करोड ९ लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा कामना सेवाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा छ ।

३ कात्तिक २०८०, शुक्रवार ०७:५२ बजे प्रकाशित

NTA long ad