stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गाजापट्टीको अस्पतालमा हवाई हमला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

गाजापट्टीको एक अस्पतालमा भएको हवाई हमलामा पाँच सय बढीको मृत्यु भएको आशंका गरिएको छ । गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन  भग्नावशेषमा  परिणत भएको छ । भग्नावशेषमा सयौं च्यापिएको अनुमान गरिएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफुहरुले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनके अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरले झुटको संज्ञा दिएका छन् ।

इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भिषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतंकबादी हमलाको संज्ञा दिंदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिनुभएको छ ।

प्यालेस्टाइनमा नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिनुभएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गर्नुभएको छ ।

यसैबीच जोर्डनले अमेरिकी राष्ट्रपतिसहितको शिखर सम्मेलन रद्द गरेको छ । जोर्डनको अम्मानमा भोलि अमेरिकी राष्ट्रपति बाइडेनसहित जोर्डन, प्यालेस्टाइन र इजिप्टका अधिकारी सम्मीलित शिखर सम्मेलन तय भएको थियो ।

तर जोर्डनले वर्तमान समयमा इजरायलले गाजापट्टीमा जारी राखेको आक्रमण रोक्नेबाहेक अन्य कुनै विषयमा वार्ता गर्नुको औचित्य नरहेको भन्दै सम्मेलन स्थगित गरेको हो । अमेरिकी राष्ट्रपति बाइडेन भने इजरायल भ्रमणमा निस्किसक्नुभएको छ ।

prabhu mahalaxmi
kumari