macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सानिमा बैंकको १९ औं साधारण सभा कात्तिक २ गते

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकको कात्तिक २ गते बिहीबार वार्षिक साधारण सभा बस्ने भएको छ । बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सानिमाले ९ % बोनस सेयर र कर प्रयोजनसहित ५.७० % नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ । सभामा यही प्रस्ताव पारित गर्ने एजेन्डा छ ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन् ।

साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।

१ कात्तिक २०८०, बुधवार ०७:१२ बजे प्रकाशित

NTA long ad