citizens life insurance long ad
stcnepal long ad

जापानद्वारा रुसको अचानक भ्रमण गर्ने सांसदको निन्दा

Nimb long ad
Prabhu Insurance Long Ad

टोकियो। जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ। गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन पश्चिमी सहयोगीहरूसँग जापान सामेल भएपछि जापानी सांसदका रूपमा मुनेओ सुजुकीको पहिलो रुस भ्रमण भएको हो।

“सरकारलाई सुजुकीले अघि वा पछि यस पटकको रुस भ्रमणका बारेमा जानकारी गराउनुभएको थिएन”, सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले भने, “उद्देश्य जे भए पनि रुसको यात्रा रद्द गर्न हामी चेतावनी जारी गर्दै छौँ, सबै जापानी नागरिकहरूलाई रुसको भ्रमण नगर्न आग्रह गर्दछौँ।”

रुसको विदेश मन्त्रालयले सुजुकीले सोमबार रुसी उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेको बताएको छ। “द्विपक्षीय सम्बन्धको विकासमा जापानी सांसदको उल्लेखनीय योगदानलाई रुसी पक्षले उल्लेख गरेको छ”, मन्त्रालयले मङ्गलवार भनेको छ, “दशकौँदेखि कायम दुई मुलुकबीचको विरासत ‘सामूहिक पश्चिम’ को रुस विरोधी कार्य र अमेरिकालाई खुसी पार्न टोक्योले लागू गरेको प्रतिबन्ध नीतिले उद्देश्यपूर्ण रूपमा क्षति पुर्‍याइरहेको छ।”

जापानको प्रतिपक्षी दल जापान इनोभेसनका सांसद सुजुकीले लामो समयदेखि जापान–रुसबीचको दीर्घकालीन सम्बन्धको पैरवी गर्दै आएका थिए। दोस्रो विश्वयुद्धपछि रुससँगको क्षेत्रीय विवादहरू समाधान गर्ने उद्देश्यले विदेश मन्त्रालयका कार्यक्रमहरूमा उहाँ गहिरो रूपमा संलग्न थिए।

उनका सचिव सिन्जी अकामात्सुले माथिल्लो सदनका सदस्य सुजुकी ‘निरीक्षण भ्रमण’ का लागि आइतबार मस्को प्रस्थान गर्नुभएको जानकारी दिनुभएको छ । “सुजुकीले राष्ट्रिय स्वार्थको दृष्टिकोणले आफ्नै विश्वासमा भ्रमण गर्नुभएको हो”, उनले भनेका छन्।

सुजुकीको पार्टीले उनी मस्कोबाट फर्केपछि भेट गर्ने जनाएको छ। पार्टीका एक अधिकारीले रुस प्रस्थान गर्नुअघि सुजुकीले भ्रमण योजना पेस नगरेर पार्टीको नियम उल्लङ्घन गरेको हुनसक्ने सङ्केत गरेका छन्।

सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिमित्सु मोतेगीले सुजुकीको भ्रमण ‘वाञ्छनीय’ नभएको बताएका छन्।

IME Life
kumari