stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युक्रेनी शरणार्थी थप एक वर्ष युरोपमा बस्न पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ ।

इयुले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताएका छन् । स्पेन इयुको  वर्तमान अध्यक्ष हो । इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।

मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि पश्चिमा समर्थक तथा छिमेकी रुसविरुद्ध कठोर भएका छन् भने मस्को पनि यी क्रुद्ध भएको छ । गत वर्ष लाखौं युक्रेनी शरण खोज्न युरोप पसेपछि त्यसले दोस्रो विश्वयुद्धपछि फेरि युरोपमा शरणार्थी सङ्कट बढाएको सङ्केत गरेको थियो ।

prabhu mahalaxmi
kumari