stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइपिओ निष्काशन गर्न यती एयरलाइन्स पनि लिमिटेड कम्पनीमा परिणत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रको पुरानोमध्येको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप पूँजी जुटाउनका लागि सर्वसाधारणमा शेयर निष्काशन (आइपिओ) जारी गर्ने भएको छ। २५ वर्ष पुरानो यो हवाई कम्पनी सर्वसाधारणमा शेयर निष्काशनका लागि तीन महिना अघि प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा परिणत भएको हो ।

यती एयरको मुख्य प्रबर्द्धक यती होल्डिङ्गस हो । यती एयरसँग हाल ५ वटा एटिआर ७२ विमान सञ्चालनमा छन् । पोखरामा गत माघ १ गते एउटा एटिआर विमान दुर्घटनामा पर्नु अघि यतीसँग ६ वटा एटिआर विमान थियो ।

यतीले थप ३ वटा एटिआर विमान थप्ने योजना रहेको जानकारी दिइएको छ। आन्तरिक उडानमा बुद्ध एयरपछिको स्थानमा रहेको यती एयरले पोखरामा विमान दुर्घटना अघि आन्तरिक उडानमा करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो ।

यती एयरले कति मूल्यको आइपिओ निष्काशन गर्न लागेको हो भन्ने सार्वजनिक जानकारीमा आइ नसकेको भएपनि जानकारहरुका अनुसार चुक्ता पूँजीको करिब ३० प्रतिशत रकम आइपिओमार्फत् निष्काशन गर्नेछ ।

यती एयरको माउ कम्पनी यती होल्डिङ्गसले सीता एयरमार्फत् दुर्गम क्षेत्रमा छोटो दूरीको हवाई उडान सेवा दि‌ंदै आएको छ। यसैगरी यती होल्डिङ्गसको लगानी हेलिकप्टर उडान सेवा कम्पनी एयर डाइनेष्टी र अन्तर्राष्ट्रिय विमान सेवा कम्पनी हिमालयन एयरलाइन्समा समेत छ।

प्रिमियम मूल्यमा आइपिओ जारी गर्नेः
यती एयर सम्बद्ध श्रोतका अनुसार यती एयर लिमिटेडले नयाँ साझेदार भित्र्याएर सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने तयारी गरेको छ।

शेर्पा परिवारको पारिवारिक कम्पनीको रुपमा सञ्चालन हुँदै आएको यती एयरलाई अझै बिस्तार गर्नका लागी संस्थागत साझेदारसँगै सर्वसाधारणबाट समेत थप पूँजी भित्र्याउने रणनीति रहेको कम्पनी व्यवस्थापनको भनाई छ। यती एयरमा ४९ प्रतिशत शेयर नयाँ साझेदारलाई हस्तान्तरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ।

prabhu mahalaxmi
kumari