macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

फ्रान्सद्वारा नाइजरसँगको सैन्य सहयोग अन्त्य भएको घोषणा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाइजरबाट आफ्नो राजदूत फिर्ता बोलाउने र नाइजरसँगको सैन्य सहयोग अन्त्य गर्ने बताउनु भएको छ । सबै सैन्य सहयोग समाप्त भइसकेको र फ्रान्सेली सेना आगामी महिनाहरूमा फिर्ता हुने उहाँले बताउनु भयो ।

गत जुलाईमा नाइजरमा सत्ता कब्जा गरेको सैन्य जुन्टाले यस कदमको स्वागत गरेको छ । फ्रान्सको निर्णयलाई नाइजरको सार्वभौमिकतातर्फको नयाँ कदम भएको सैन्य शासकले प्रतिक्रिया दिएको छ । भूपरिवेष्ठित पश्चिम अफ्रिकी देश नाइजरमा करिब १५ सय फ्रान्सेली सैनिक छन् ।

राजधानी नियामीमा फ्रान्सेली उपस्थितिका बिरूद्ध महिनौंदेखिको विरोध प्रदर्शनपछि पेरिसको यो निर्णय आएको हो ।

नाइजर पश्चिम अफ्रिकाको एक पूर्व फ्रान्सेली उपनिवेश हो जहाँ सेनाले भर्खरै शासनसत्तामा नियन्त्रण कायम गरेको छ । यसअघि बुर्किना फासो,गिनी,माली र चाडमा पनि सैन्य कू(मार्फत शासन कायम गरिएको छ ।

पछिल्लो पटक गत अगस्टमा ग्याबोनमा पनि सैन्य(कु भएको थियो । यस क्षेत्रमा पछिल्ला वर्षहरूमा फ्रान्स विरोधी भावना बढेको छ ।

पेरिसलाई नवऔपनिवेशिक नीति सञ्चालन गरेको आरोप लाग्दै आएको छ । तर फ्रान्सले भने यस्ता आरोपको खण्डन गरेको छ ।

८ असोज २०८०, सोमवार ०७:१२ बजे प्रकाशित

NTA long ad