macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थाले

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो ।

विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो ।

अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ ।

विभागका अनुसार भदौसम्म नेपालले दुई खर्ब ५९ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत भदौको तुलनामा यो ५.०६ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा  सबैभन्दा धेरै १४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात डिजेल आयात भएको छ । त्यसपछि ११ अर्ब ३० करोड रुपियाँको पेट्रोल, सात अर्ब ३२ करोड रुपियाँको एलपी ग्यास, सात अर्ब तीन करोड रुपियाँको फलामजन्य वस्तुको आयात भएको छ ।

नेपालले यसबिचमा सबैभन्दा धेरै भारतबाट एक खर्ब ६० अर्ब ७५ करोड रुपियाँको वस्तु आयात गरेको छ । त्यस्तै चीनबाट ४६ अर्ब ५४ करोड रुपियाँको वस्तु आयात भएको विभागको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्सबाट पाँच अर्ब ६३ करोड रुपियाँको वस्तु आयात भएको छ ।

भदौसम्म नेपालको निर्यात पनि घटेको छ । विभागका अनुसार भदौसम्म नेपालले २६ अर्ब ४४ करोड रुपियाँको वस्तु निर्यात गरेको जुन गत भदौसम्मको तुलनामा ७.७९ प्रतिशतले कम हो ।

यसबिचमा नेपालले एक अर्ब ८९ करोड रुपियाँको गलैँचा, एक अर्ब ५० करोड रुपियाँको अलैँची, एक अर्ब २३ करोड रुपियाँको  फलाम तथा स्टिल र ९९ करोड ७८ लाख रुपियाँको फेल्ट निर्यात भएको छ ।

आयात र निर्यात गरेर भदौसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रुपियाँ नाघेको छ, जुन गत भदौको तुलनामा ५.३२ प्रतिशत हुन आउँछ । यसबिचमा नेपालको व्यापार घाटा दुई खर्ब ३३ अर्ब ३० करोड रुपियाँ पुगेको छ । गत भदौको तुलनामा व्यापार घाटा ४.७४ प्रतिशत कम हो ।

८ असोज २०८०, सोमवार ०६:४७ बजे प्रकाशित

NTA long ad