citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रुसमाथि युक्रेनको ठूलो हमला‘विमानस्थलमा २० ड्रोन आक्रमण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रुस र युक्रेनबीच चलिरहेको युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ । बुधबार राति युक्रेनले रुसमाथि हालसम्मकै सबैभन्दा ठूलो हमला गरेको बताइएको छ। युक्रेनले एकैसाथ रुसका ६ वटा क्षेत्रमा ड्रोनबाट आक्रमण गरेको छ ।

मस्कोतर्फ गइरहेको ड्रोनलाई रुसी वायु सुरक्षाले खसालेको थियो तर रुसको पेस्कोभ एयरफिल्डमा आक्रमणमा युक्रेनले ठूलो सफलता पाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनले पेस्कोभ विमानस्थलमा २० ड्रोनबाट आक्रमण गरेको बताइएको छ। युक्रेनी आक्रमणमा चार रूसी सैन्य विमान नष्ट भएको मिडिया रिपोर्टमा उल्लेख छ।

मिडिया रिपोर्टका अनुसार ड्रोन आक्रमणमा एयरफिल्डमा रहेको एउटा तेल ट्याङ्करमा पनि आगो लागेको छ।

आक्रमणपछि पेस्कोभ विमानस्थल सैन्य प्रयोगका लागि बन्द गर्नुपरेको छ । रुसले गरेको अनुसन्धानका अनुसार पेस्कोभ एयरफिल्डमा आक्रमण गर्न बेलायती गुप्तचर एजेन्सी एमआई६ ले युक्रेनलाई सहयोग गरेको थियो ।

himalayan life insurance
igi long