sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सानिमा रिलायन्स लाइफका प्रमुख व्यापार अधिकृत श्रेष्ठ सम्मानित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठ सम्मानित भएका छन् ।

कम्पनीको व्यवसाय अभिवृद्धिमा पुराएको योग्दानलाई कदर गर्दै कम्पनीले उनलाई सम्मान गरेको हो । कम्पनीका सिईओ शिवनाथ पाण्डेले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

उनले भने, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एक हिस्सा हुन पाउँदा र व्यापार वृद्धिको लागि योगदान गर्न पाउँदा म गर्व र भाग्यमानी महसुस गर्छु।

कम्पनीको ब्यापार बृद्धिमा सबै टिमको मेहनत र समर्पण बिना सम्भव नरहेको बताउँद उनले यो सम्मानपत्र पाउनुमा कम्पनीका सबै टिमको हात रहेको बताएका छन् ।

उनले सम्मानपत्र लिँदै भने, हेड अफिसको सम्पूर्ण टोली, क्षेत्रीय प्रबन्धकहरू, क्षेत्र प्रबन्धकहरू, शाखा प्रबन्धकहरू, मार्केटिङ अधिकारीहरू, सीएसीएसहरू र विशेष गरी एजेन्सी टोलीलाई धन्यवाद दिन चाहन्छु।

व्यवसाय वृद्धिको सम्पूर्ण प्रक्रियामा सहयोग र मार्गदर्शनगर्ने कम्पनीका डिसिइओ निरजन कँडेललाई उनले विशेष धन्यवाद दिएका छन् ।

gold
kumari bank
nawakantipur long