citizens life insurance long ad
stcnepal long ad

शिखर इन्स्योरन्सले ल्यायो नयाँ बीमा योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सले नेपालमा साइलेज बनाउन मिल्ने बाली र बालीबाट साइलेजको उत्पादन बीमालेख सुरू गरेको छ ।

साइलेज बीमाले साइलेज बनाउन लगाइने बालीको लागत मूल्यका आधारमा सुरक्षण गर्छ भने कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो बिधिबाट भण्डारण गरी साइलेज बनाउने प्रक्रिया सुरू गरेपश्चात् सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरिएको छ ।

इन्स्योरेन्सका महाप्रबन्धक उदितप्रसाद काफ्लेका अनुसार नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकताअनुसारको बीमालेख ल्याउने उद्देश्यसहित साइलेज बाली बीमालेख सुरू गरेको हो ।

नेपालमा कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखबमोजिम परेका दाबी, दाबीको व्यवस्थापन र फर्छ्यौटका आधारमा कृषि विभाग र विश्व खाद्य संगठनले ४२औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान गरेको थियो ।

हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुण नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउँदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने हेतुले हावा नछिर्ने गरी प्याकेजिङ गरी राखिएको पशु आहारालाई साइलेज भनिन्छ ।

साइलेजको गुण धेरै र मूल्य पनि कम भएकाले कृषि लागत कम गर्ने हेतुका साथ नेपालमा साइलेजको सम्भावना र मागसमेत धेरै छ ।

IME Life
kumari