sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कोरोना बिमा गर्ने अधिकार निर्जीवन बिमा कम्पनीलाई मात्र : बिमा समिति

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ५ गते सोमबार

काठमाडौं । बिमा समितिले जीवन बिमा कम्पनीलाई कोरोना बिमा नगर्न निर्देशन दिएको छ । समितिले सोमबार निर्देशन जारी गर्दै कोरोना बिमा निर्जीवन बिमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने बताएको हो । जीवन बिमा तथा अन्य केही संस्थाहरुले निःशुल्क कोरोना बिमा गर्न लागेको भन्दै यसमा समितिले ध्यानाकर्षण भएको जनाएको हो । समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई मात्रै कोरोना बिमा गर्ने गरी स्वीकृत गरिएको बताएको छ ।
.
निर्देशनमा भनिएको छ, ‘कोरोना बिमालेखसँग जोडी केही जीवन बिमा  कम्पनी तथा अन्य संस्थाहरुले समेत कोरोना बिमा गरेको जानकारीमा आएको छ । केहीले निःशुल्क कोरोना बिमा गरिदिन थालेको समेत सूचना आएको विषयमा समितिको ध्यानाकर्षण भएको छ ।’ समितिले आगामी दिनमा निर्जीवन बिमा कम्पनी बाहेक अन्य संस्थाहरुले कोरोना बिमासँग जोडेर आफ्ना सेवा, व्यवसाय तथा विज्ञापन नगर्न निर्देशन समेत दिएको छ ।

 

gold
nawakantipur long