citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोली बिहीबार अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोली बिहीबार फागुन ११ गते अन्तिमा दिन हो । कम्पनीले लाभांश प्रस्ताव सहित फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा तथा लाभांश प्रयोजनका लागि यसले शुक्रबार बुक क्लोक गर्दैछ ।

तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बोनस  सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

यस्तै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

यता, अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन आवश्यक मात्रामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

प्रभु इन्स्योरेन्सले गत असार ३२ गते अजोड इन्स्योरेन्ससँग मर्जरका लागि सम्झौता गरेपनि अन्तिम समयमा आए मर्जर सम्झौता रद्द भएको थियो । मर्जर तोडिएपछि प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।

IME Life
kumari