citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

अजोड इन्स्योरेन्सद्धारा ३५ जना पत्रकारलाई कोरोना बीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

भैरहवा । लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवा क्षेत्रका पत्रकारका लागि कोरोना बीमा गरेको छ ।  अजोड इन्स्योरेन्स कम्पनीसँग  क्लबमा आबद्ध ३५  सदस्यको आज बीमा गरिएको क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमाक्षेत्रमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्नेको  बीमा गरिएको छ  ।

बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीम कम्पनीले रु एक लाख  दिने क्लबका महासचिब सम्झना शर्माले बताए । कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तान गर्ने  कम्पनीका भैरहवा शाखा प्रमुख  प्रकाश शर्माले जानकारी दिए ।

सीमाक्षेत्रमा पत्रकारिता गर्ने धेरै पत्रकार सदस्य रहेको क्लबको सो कार्यले पत्रकारलाई अझ जिम्मेवार भएर अगाडि बढ्न हौसला थपिएको क्लबका सदस्य पशुपति यादवले बताए । पत्रकारका लागि पहिलो चरणको  राहत सहयोग वितरण गरिसकिएको र तिनको सुरक्षाका लागि थप काम गर्दै जाने क्लबका उपाध्यक्ष नरेश केसीले बताए ।

 

gold
himalayan life insurance long ad
kumari bank