citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

शिखर इन्स्योरेन्सलाई लगातार दोस्रो वर्ष साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स’ (साफा) द्वारा निर्जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।

बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स तथा कर्पोरेट गभर्नेन्स डिस्क्लोजर २०२५ अन्तर्गत यो.सम्मान् प्राप्त गरेको हो व बंगलादेशको ढाकामा आज आयोजित एक विशेष समारोहका बीच इन्स्योरेन्सका नायब महाप्रबन्धक सुरज राजवाहकले सम्मान् पत्र ग्रहण गरेका हुन् ।

यस वर्ष निर्जीवन बीमा क्षेत्रबाट यो सम्मान पाउने शिखर इन्स्योरेन्स एकमात्र कम्पनी हो। कम्पनीले लगातार दोस्रो वर्ष साफाबाट यो प्रतिष्ठित सम्मान प्राप्त गरेको हो। गत वर्ष पनि शिखर इन्स्योरेन्स नेपालको बीमा क्षेत्रबाटै यो सम्मान पाउने पहिलो कम्पनी बनेको थियो।

साफाको ‘कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपरेन्सी, अकाउन्टेबिलिटी एन्ड गभर्नेन्स’ द्वारा आयोजित यो अवार्ड दक्षिण एसियाकै कर्पोरेट प्रतिवेदन क्षेत्रको एक प्रतिष्ठित सम्मान मानिन्छ।

यस अवार्डका लागि दक्षिण एसियाभरका कम्पनीहरूको वार्षिक प्रतिवेदनलाई वित्तीय प्रतिवेदनको गुणस्तर, विवरण खुलाउने गहिराइ, संस्थागत सुशासन तथा सेयरधनी र सर्वसाधारणमाझ कम्पनीले प्रस्तुत गर्ने स्पष्टताका आधारमा मूल्याङ्कन गरिन्छ।

IME Life
ofukuro
kumari