citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

पोखरा  । पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु  चार लाख बराबरको राहत वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यस अघि वडाको समन्वयमा  महानगरपालिकाको वडा नं १५ रु  एक लाख ५० हजार र  वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ  वडा नं ६ मा  सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र  पूर्व अध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले  राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे  ।

बैंकका सञ्चालक सिग्देलले  पोखरा महानगर बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए ।

देशका सातै प्रदेशका ६८  शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर,  फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको  बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए ।

 

gold
kumari bank