citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल पुनर्बीमाको साधारण सभा पुस ६ गते

सञ्चालक समिति निर्वाचन हुने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले  पुस ६ गते दशौं  वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको ६३७औँ बैठकले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा संस्थागत लगानीकर्ताबाट दुई जना र सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि के. जे. एन्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि छ ।

कम्पनीले  आफ्नो अधिकृत पुँजी २० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । यसैगरी, कम्पनीको जारी तथा चुक्ता पुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२ रुपैयाँ १७ पैसा कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियामक निकाय वा नेपाल सरकारबाट सुझाव आएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा  प्रयोजनका  लागि कम्पनीले मंसिर २४ गते सेयरधनी  दर्ता पुस्तिका बन्द गर्ने भएको छ । त्यसैले मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।

 

IME Life
ofukuro
kumari