स्वास्थ्य मन्त्रालयले त्रुटि सच्याउँदै भन्यो- कोरोना संक्रमितको संख्या २४५ मात्रै हो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको छ । बिहीबार बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भनेरसार्वजनिक गरेको तथ्यांक गलत रहेको भन्दै पुनः सच्याएर संक्रमितको संख्या २४५ जना मात्र रहेको जनाएको हो ।
मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको सूचना बाहिर ल्याएको थियो। तर उक्त सूचनामा दोस्रो पटक ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै हालसम्म संक्रमितको संख्या २४५ मात्र रहेको जानकारी गराएको हो ।