stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल लाइफको ४६ करोड ७५ लाख नाफा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्म आइपुग्दा ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नाफा गत वर्षको भन्दा ०.०७% ले धेरै हो । गत वर्ष यस कम्पनीले ४६ करोड ७२ लाख रुपैयाँ कमाएको थियो । नेपाल लाइफले जीवन बिमा कोषको आकार पनि ३४.२३% ले बढाएर ८१ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ ।

गत वर्ष जीवन बिमा कोषमा ६० अर्ब ६२ लाख रुपैयाँ रहेको थियो । चैतसम्म यसले ५ अर्ब १९ करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले महाविपत्ति जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ राखेको छ । यस इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन पनि १५ अर्ब १९ करोड रुपैयाँबाट बढोत्तरी भएर १८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ५ अर्ब ४९ करोेड ६१ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ फन्डमा भने २ अर्ब ७३ करोड रुपैयाँ छ । नेपाल लाइफको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३६ पैसा रहेको छ ।
prabhu mahalaxmi
kumari