stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल बंगलादेश बैंकको नाफा ९५.३५% ले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख ३१ गते बुधबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकको नाफा ९५.३५% ले घटेर २ करोड ८० लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा ६० करोड २५ लाख ८३ हजार रुपैयाँ थियो ।
यस अवधिमा बैंकको खुद नाफा पनि ११.८६% ले घटेर १ अर्ब ५० लाख १० हजार रुपैयाँमा आएको छ । बैंकको सञ्चालन नाफा घटेको तथा खराब कर्जा बढेकाले त्यसको प्रत्यक्ष असर खुद नाफामा परेको हो । सञ्चालन नाफा ११.८६% ले घटेको छ भने खराब कर्जा ०.९०% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १६ पैसा छ ।
prabhu mahalaxmi
kumari