stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सूर्यज्योति लाइफको भव्य उद्घाटन, जीवन बीमामा पहिलो ट्रेण्ड सेट गर्न सफल : अध्यक्ष सिलवाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफले आज विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । होटल एभरेष्टमा नेपाल बीमा प्राधिकरणले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सफल मर्जरको उद्घाटन गरेका हुन् । कम्पनीले पुस ७ गतेदेखि नै एकिकृत कारोबारको शुभारम्भ गरिसकेको छ ।

उद्घाटन समारोहलाई संबोधन गर्दै प्राधिकरणका अध्यक्ष सिलवालले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएका थिए ।

जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए ।

प्राधिकरणले नियमन गर्ने निर्देशन मात्रै दिने हुँदा जीवन बीमा व्यवसाय कम्पनी आफैले गर्नु पर्ने उनको भनाइ थियो । कामका दौरानमा आइपर्ने जुनसुकै अप्ठारोलाई प्राधिकरणले सहजिकरण गरिदिने भन्दै उनले भने ‘हामी सहयोगका लागि खुला छौ ।’

नेपालमा जीवन बीमाको पहुँच सावधिक बीमा भन्दा पनि आवधिक बीमा पोलिसीले ४० प्रतिशत पुगेको भन्दै सावधिक जीवन बीमामा जोड दिन अनुरोध गरेका छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रबाट बीमालाई जोडेर भएको प्रचारलाई संकेत गर्दै अध्यक्ष सिलवालले भने ‘बैंकले बैंकको काम गर्ने हो बीमाले बीमाकै काम गर्ने हो । सबैले के बुझिदिनु पर्यो भने बैंकको निक्षेपले बीमाको काम गर्दैन ।’

सिलवालले बीमा कम्पनीहरुलाई पूँजीका विषयमा दीर्घकालिन योजना बनाउन आग्रह गरेका छन् । उनले भने “बीमा कम्पनीहरुले १० वर्षको क्यापिटल प्लान बनाउनु पर्यो ।

आगामी १० वर्षमा मेरो कम्पनीलाई कति क्यापिटल आवस्यक पर्छ भन्ने कुराको अनुमान गर्न सक्नु पर्यो ।” सिलवालले कम्पनीहरुलाई मोडिफाइ गर्न समेत आग्रह गरेका छन् । उनले भने ‘साखःका साथ काम गर्नु पर्यो ।

मान्छे हुलेर मात्रै व्यवसाय हुँदैन । आफ्नो सेवा सुविधालाई डिजिटलाइज बनाउनु पर्छ ।‘ नेपालको बजार अनुसार कम्पनी धेरै भएको हुँदा प्राधिकरणले संख्या घटाउने नीति लिएको उनले प्रष्ट पारे ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए । मर्जरकका क्रममा दुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उल्ले प्रष्ट पारे ।

उनले सरकारको नीतिगत अस्थिरतालाई संकेत गर्दै अहिले संख्या घटाउने भोलि गएर कम्पनी थप्ने काम भयो भने राम्रो नहुने बताए ।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ वर्षको योङ कम्पनीको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ ।

मर्जरका क्रममा भिआरएस अनुसार १०० जना भन्दा धेरै कर्मचारीको विदाइ गरिएको छ । १०० वटा भन्दा धेरै शाखाहरु समायोजन भएका छन् ।

कम्पनीले एकिकृत कारोबार शुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी भएको खत्रीले जानकारी दिए । पूँजीका हिसावले पनि सूर्यज्योति तेस्रो ठुलो कम्पनी बनेको छ ।

 

prabhu mahalaxmi
kumari