stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्ट इन्सुरेन्सको वित्तीय विवरणमा चमक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ  । एभरेष्ट इन्सुरेन्सको वित्तीय विवरणमा चमक आएको छ । यस अवधिमा यसको खुद नाफा २३१.९७% ले बढेर १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष एभरेष्टले ४ करोड १ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क र पुनर्बिमाबाट हुने आम्दानी बढेसँगै खुद नाफामा तेजी आएको हो । खुद बिमा शुल्क पनि १४.६७% ले बढेर ३३ करोड ८१ लख ६७ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले २९ करोड ४८ लाख ९९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । गत वर्ष ७ करोड २४ लाख ८ हजार रुपैयाँ रहेको पुनर्बिमाबाट हुने आय यस वर्ष १० करोड १० लाख ३८ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म एभरेष्टले १२ करोड ३५ लाख ५४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

यस्तै, १ अर्ब ३५ करोड ५९ लाख ४१ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । बिमा कोषको आकार पनि ७ करोड ६९ लाख ९१ हजार रुपैयाँले बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक १६ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

IME Lifesidebar
kumari