stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

केवाएसी नभर्नेको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र

एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले परिपत्र गरेको छ ।

एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने जनाएको छ ।

त्यस्तो अवस्थामा आवश्यक ठानेमा बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबार गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेस गर्नेछ ।

prabhu mahalaxmi
kumari