citizens life insurance long ad
stcnepal long ad

आइएमई लाइफ इन्स्योरेन्सका सिईओ खड्काले हल्लाको पछाडि नलाग्न आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पवन कुमार खड्काले हल्लाको पछाडि नलाग्न सामाजिक सञ्जाल फेसबुकमार्फत आज आग्रह गरेका छन् ।

केही अनलाईन सञ्चार माध्यमहरुले एशियन लाइफको सिईओ हुन जान लागेको भन्दै समाचारहरु प्रकाशित गरेको सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ खड्काले उक्त हल्ला निराधार भएको भन्दै हल्लाको पछाडि नलाग्न सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन् ।

विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित त्यस्ता समाचारहरुमा कुनै सत्यता नभएको भन्दै भ्रामक हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । कम्पनीका अनुसार सिईओ खड्काले आइएमई लाइफ छोड्न लागेको कुरा सत्य होइन ।

एयिशन लाइफमा सिईओ पद रिक्त रहेको र सो रिक्त रहेको पदमा खड्का सिईओ बनेर जान लागेको हल्ला हिजो विहानैदेखि फैलिएको थियो ।

तर एशियन लाइफमा आजदेखि लागू हुने गरी डेपुटी सिईओ होम बहादुर श्रेष्ठले कामु सिईओको जिम्मेवारी सम्हालिसकेका छन् ।

IME Life
kumari