sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १२.९९ प्रतिशतले बढेर ७ करोड ३ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन पनि १२.८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

जीवन बिमाको आकार ५६.२४ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ४ अर्ब २४ करोड ५५ लाख ४८ हजार रुपैयाँ थियो । चुक्ता पुँजी १ अर्ब ७५ करोड र जगेडा कोषमा ९३ करोड ४९ लाख ७४ हजार रुपैयाँ छ ।

prabhu bank
nawakantipur long