युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश आग्रह
काठमाडौ । विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझिलिन युनाइटेड इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ ।
युनाइटेड इन्स्योरेन्सले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्साल, काठमाडौंमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।





















