stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

समस्याग्रस्त सहकारी संस्था : ऋण र दायित्वको साँवा, ब्याज बुझाउन १५ दिने सूचना जारी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नुपर्ने ऋण र दायित्वको साँवा, ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।

समितिले पटकपटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि सहकारी संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने सूचना सार्वजनिक गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

१५ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने भएको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था छन् ।

यसैगरी प्यासिफक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था र सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई पनि समस्याग्रस्त संस्था घोषणा गरिएको छ ।

समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन कार्यालयले नै गर्दै आएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख पौडेलले दिनुभयो । समस्याग्रस्त सहकारीका धेरैजसो बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ ।

बाँकीलाई पनि छिटो बचत फिर्ता गर्न कानुन बमोजिम कारबाहीको चरणमा प्रवेश गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari