stcnepal long ad
ime life insurance
national life
global ime bank long

चालु आर्थिक वर्ष तेस्रोत्रयमा ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क ९७ प्रतिशतले वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रोत्रयमा ९७ प्रतिशतले वृद्धि भएको छ । लकडाउनको अवधिमा नै  इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रोत्रय प्रकाशित गरेको थियो ।

प्रकाशित सो वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको तेश्रोत्रयमा समाकुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धि गर्दै १.१४अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । व्यवसाय वृद्धिसंगै जीवन बीमा कोष ज्योति लाईफ इन्स्योरेन्स बलियो बनाउँदै गएकाे छ ।

 

कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ । त्यस्तै अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धिको बाबजुद कम्पनीले खुदनाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्किय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ ।

           

व्यवसाय तथा बीमितको संख्या वृद्धीसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भईदाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धि, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रोत्रय मासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भइ ३७.३९ करोड रुपैयाँ कायम हुन गएको देखिन्छ ।

भने जिवनबीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ १.४० अर्ब रुपैयाँ रहेकोे देखिन्छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामी दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।

IME Lifesidebar
kumari