नेपाल इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले १२ जिल्लाका शाखामा कर्मचारी माग गरेको छ । कम्पनीले आज मंगलबार एक सूचना जारी गर्दै विभिन्न छुट्टाछुट्टै जिल्लाका लागि कर्मचारी माग गरेको हो । कम्पनीको सल्यान, रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम, चन्द्रौटा, तानसेन, पाल्पा र प्यूठान शाखामा कर्मचारी को आवश्यकता परेको छ । कम्पनीले १० जोड दुई उत्तिर्ण तथा बीमा सम्बन्धि सामान्य ज्ञान हासिल गरेका इच्छुक व्यक्तिहरुलाई सूचना जारी भएको ७ दिनभित्र आवेदन दिन आग्रह समेत गरेको छ । कम्पनीले १८ वर्ष पूरा भई ४० ननाघेको हुनपर्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटर चालक अनुमतीपत्र भएकाहरुलाई विशेष प्राथमिकता दिने समेत जनाएको छ । कम्पनीले थप जानकारीको लागि तथा आवेदन दिनको लागि नजिकैको शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
७ माघ २०७६, मंगलवार १३:२३ बजे प्रकाशित