stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनआईसी एशिया बैंकको अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । ७ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६÷७७ को दोस्रो त्रैमास (अर्धवार्षिक)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । यसैगरी खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित रु. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. १ अर्ब ५१ करोड रहेको थियो । यस आ.व.को दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पु¥याउन सफल भएको छ ।
बैंकले भद्र सहमति तोडेर थालेको बजार विस्तार अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै गएको थियो । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५५ कर्जा लगानी पुर्ण रुपले पालना गरेको छ । विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये कै पर्दछ ।

निक्षेप तर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४५ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो । बैंकले चालु आ. व.को ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप सकारात्मक दिशातर्फ नै छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रु. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पु¥याउन सफल भएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंकको रुपमा सेवा प्रदान गर्दै आएको छ । यसै कारण बैकमा सेवाग्रहीको चाप बढेपछि काममा ढिलासुस्ती पनि देखिन थाले छ । बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायव प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले बताएका छन ।

prabhu mahalaxmi
kumari