सूर्या लाइफ इन्स्योरेन्सद्वारा ७ लाख ५० हजार सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग स्वरुप रु. ७ लाख ५० हजार उपलब्ध गराएकोे छ ।

विश्वव्यापी रुपमा फैलिरहेको नोवल कोरोना भाईरसको महामारीबाट हाल विश्व अक्रान्त भैरहेको अवस्था छ । नेपाल लगायत विश्वका २०० भन्दा बढी देशहरुमा यसको संक्रमण फैलिसकेको अवस्था छ । यस महामारीबाट हालसम्म विश्वका २० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका र १ लाख ५४ हजारभन्दा बढी मानिसको मृत्यू भैसकेको अवस्था विद्यमान छ र यो संख्या दिनप्रति दिन बढनेक्रम जारी छ ।

विश्व स्वास्थ्य संगठन लगायत विश्वका सवै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् । यस विषम परिस्थितिमा नेपालमा पनि सरकारी तथा निजी संघ सस्था तथा ब्यक्तिहरुबाट आ–आफ्नो तर्फबाट नेपाल सरकारले महामारीलाई नियन्त्रण, जोखिम न्यूनिकरण तथा उपचारका लागि स्थापना गरेको कोरोना भाइरस  संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष (CORONA VIRUS CONTROL AND TREATMENT) मा आर्थिक तथा जिन्सी सहयोग गरेर यस महामारीबाट मुक्त हुन हातेमालो गरिरहेका छन् ।

सम्पूर्ण देशवासीको सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको लकडाउन अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता प्रस्तुत गरी संक्रमण नियन्त्रण तथा जोखिम न्यूनिकरणमा आ–आफ्नो दायित्व महशुस गरी देशब्यापी अभियानमा साथ दिन हाम्रा सम्पूर्ण ग्राहक, अभिकर्ता, बीमित तथा सर्वसाधारणमा हार्दिक अपिल समेत गरेको छ ।

 

 

 

IME Lifesidebar
kumari