stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बीस उद्योगबाट स्यानिटाइजर उत्पादन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।

यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।
विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो ।
विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा पर्याप्त मात्रामा नेपाली कम्पनीले उत्पादन गरेका गुणस्तरीय हण्ड स्यानिटाइजर बजारमा आपूर्ति भइसकेको जानकारी दिनुभयो ।
उहाँले औषधि व्यवस्था विभागको मापदण्ड अनुसार दर्ता भएका, अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत भएका औषधि कम्पनीले उत्पादन गरेका स्यानिटाइजर मात्रै प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभयो । विभागका अनुसार नेपाल औषधि लिमिडेट, लोमस फर्मास्युटिकल्स, एमडिएच फर्मास्युटिकल्स, अर्याफर्मा ल्याब, नोभा जेनेटिक फर्मास्युटिकल्सलगायतका विभिन्न २० वटा कम्पनीले स्यानिटाइजर उत्पादन थालेका छन र अन्यले पनि अनुमति लिने क्रममा रहेका छन ।
यी कम्पनीले उत्पादनलाई निरन्तरता दिइरहेका र पर्याप्त मात्रामा बजारमा गइरहेकाले र कतै अभाव भएको खण्डमा सम्बन्धित क्षेत्रका औषधि पसल तथा अन्य विक्रेताले ती कम्पनीसँग सिधै सम्र्पक गरेर लग्न सकिने विभागका महानिर्देशक ढकालको भनाइ छ ।
ती कम्पनीबाट उत्पादित हण्ड स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार गुणस्तरीय हुनु पर्ने भएकाले उनीहरूको उत्पादनमा कुनै कमजोरी भएमा औषधि ऐन अनुसार कारबाही हुन्छ उहाँले थप्नुभयो । अनुमति लिएका कम्पनीले उत्पादन गरेका स्यानिटाइजरको गुणस्तर भए वा नभएको बारेमा ल्याबमा परीक्षण गर्ने काम भइरहेको र त्यसको गुणस्तर डब्लुएचओले तोके अनुसार नभए तत्काल उद्योगको दर्ता खारेजीदेखि त्यसले पारेको नकारात्मक प्रभावका आधारमा कारबाही गरिने महानिर्देशक ढकालले जानकारी दिनुभयो ।
विभागका अनुसार नेपालमा अहिलेसम्म ६३ वटा एओपेथिक औषधि उत्पादन गर्ने औषधि उद्योग सञ्चालनमा छन भने आयुर्बेद औषधि उत्पादक कम्पनीले भने विभागबाट नयाँ उद्योगले अनुमति लिने क्रममा छन । औषधि व्यवस्था विभागले हण्ड स्यानिटाइजरलाई औषधीय वस्तुमा सूचीकृत गरी तीन महिनाभित्र दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आब्हान गरेको थियो । यसअघि दर्ता प्रक्रियामा नभएका नेपाली कम्पनीले ह्याण्ड स्यानिटाइजर उत्पादन गरेका थिएन ।  सीता शर्मा आजको गोरखापत्रबाट

prabhu mahalaxmi
kumari bank
kumari