प्राइम लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बरिष्ठ नायव प्रमुख कार्यकारी निर्मल दाहाल नियुक्त भएका छन् ।
आज बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले दाहाललाई आजैदेखि लागु हुने गरी निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्राइफ लाइफमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले दुई कार्यकाल सकाएर बाहिरिएका छन् । यदि मर्जर सफल भएमा भट्टराईलाई नै सिइओ बनाउने कम्पनीको योजना रहेको छ ।

























