citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

दुई भाषामा लेखिएको कवि रेखा यादवको ‘सुस्तरी’ र ‘धीरे से’ कविता संग्रह बजारमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । डा. रेखा यादव ‘‘निर्झर’’द्वारा रचना गरिएको कविता संग्रह नेपालीमा ‘सुस्तरी’ र हिन्दी भाषामा ‘धीरे से’ एकै दिन सार्वजनिक भएको छ ।

कवि यादवले मानव जीवन र प्रेमको खोजीको प्रतिबिम्ब कविता मार्फत झल्काएकी छिन् । यादवका दुवै पुस्तक बजारमा आएका छन् ।

‘सुस्तरी’ कविता संग्रहमा विभिन्न शिर्षकका ५३ वटा कविता संग्रहित छन् । ‘पाउजुको घुँगरु’ र ‘भेटघाट’ शिर्षकका कविता सार्वजनिक कार्यक्रमका बीच कवि यादवले वाचन गरेर सुनाएकी थिइन् ।

नारी वेदनाको आवाज हो पाउजु भन्ने आशय पाउजुको घुँगरु कवितामा प्रस्तुत गर्न खोजिएको कविले बताइन् । पृष्ठ ७२ बाट उक्त कविताका केही पङ्तीहरु यहाँ उल्लेख गरिएको छ ।

छचल्किँदो आँसुहरुको प्रश्न थियो
कसरी बरालिऊँ म
कसरी उल्किऊँ म
कसरी गुनगुनाऊँ म
केही नसोध
बटारीएका ती हातहरुलाई
धुजा धुजा भएको ती रातहरुलाई
सास त अझै बाँकी छ
तर पनि अर्धजीवित छु
किन चुप लाग्यौ
पाउजु त टुटेर टुक्रा टुक्रा भइसक्यो
पाउजु र घुँगरुको
बाटो अलग अलग भइसक्यो

त्यस्तै भेटघाट शिर्षकको कविले आफ्ना पितालाई विशेष समर्पण गरेर लेखेको बताएकी थिइन् । कविता संग्रह सार्वजनिक गर्ने क्रममा भावुक बनेकी कवि यादवले भेटघाट कवितामा लेखेका केही शब्दहरु पृष्ठ ८६ का केही अंश यहाँ उल्लेख गर्न लायक छन् ।

आरामसँग लमतन्न भयौ बेफिक्री
कसरी बिर्सिदियौ
ती चोटहरु ?
कसरी लुटेर गयौ ती कसमहरु
मेरो त कामना याचना
सबै सबै तिमी नै थियौ
तैपनि
यो कस्तो भेटघाट हो
केही बेर उत्कण्ठा जगाएर
सँधैका लागि टाढा भइदियौ ।

कभरसहित कुल १३६ पेजको ‘सुस्तरी’ कविता संग्रह कवि यादवले स्व.पिता रामनारायण यादव प्रति समर्पित गरेकी छिन् ।

हिदामोदर पुडासैनी, प्रतिभा पुरस्कार कोषले प्रकाशन गरेको ‘सुस्तरी’को नेपाली अनुवाद डा.सनत कुमार वस्तीले गरेका छन् ।

यही असारमा प्रकाशन भएको ‘सुस्तरी’ कविता संग्रह एक हजार प्रति छापिएको छ । मुल्य रुपैयाँ तीन सय रखिएको पुस्तक ‘मध्यपुर ९’ प्रेसले मुद्रण गरेको छ ।

himalayan life insurance
igi long