stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलो पटक दुई वटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभएको हो ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहररुमा अस्वस्थ प्रतिष्पर्धा तथा अहिले कामय रहेको बीमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले बीमा कम्पनीको मर्जर जरुरी भएको बताउनुभयो । उहाँले पछिल्लो समय बीमा कम्पनीहरूले २ रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको बताउनुभयो ।

बीमा कम्पनीले पोलिसी बेच्ने तर पोलिसी अनुसार दायित्व वहन गर्न नसक्दा सिंगै बीमाको बजार बद्नाम भएको तथा बीमा कम्पनीप्रतिको विश्वसनियतामा कमी भएकोले बीमा क्षेत्रमा धेरै सुधार आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

अध्यक्ष सिलवालले नेपालमा कतिवटा बीमा कम्पनीहरू चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको भन्दै अब बीमा समितिले अध्ययन गर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले अब नयाँ पोलिसीका साथ शहर केन्द्रित भन्दा जनता र ग्रामिण क्षेत्रमुखी भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको अवस्थालाई हेरेर बीमा क्षेत्रको विकासकालागि निर्जीवन बीमा कम्पनीहरूमा २ अर्बको पुँजी बिस्तार जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष सिलवालले सरकारले नै बीमा नबुझेको टिप्पणी समेत गर्नुभयो । सरकारले बीमा नबुझेकाका कारण सरकारले गरेका अहिलेसम्मको लगानीको बीमा नभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बीमा कम्पनीहरूले पुँजी वृद्धि गरेर मर्जरमा जाँदा कम्पनीको सुधारका साथै बीमाको उचाई बढाउन समेत मद्धत पुग्ने दाबी गर्नुभयो । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

prabhu mahalaxmi
kumari