stcnepal long ad
global ime bank long

एलआईसी नेपालद्वारा कोरोना उपचार कोषलाई रु. ५१ लाखको चेक हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)को संचालक समितिको निर्णय अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा’ रु. ५१ लाख जम्मा गरिएको छ ।

उक्त रु. ५१ लाखको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको वताउदै कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारसँग एकजुट भै कार्य गर्न प्रतिबद्ध रहेको वताए ।

IME Lifesidebar
kumari