citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि देश लकडाउनमा रहेका बेला परीक्षा बोर्डले आज सो निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए । “अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ” उनले भने “अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ ।”

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने गरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो ।

यसअघि प्रवेशिका (एसईई)को परिक्षासमेत परिक्षा शुरु हुन एक दिन अघि स्थगित गरिएको थियो ।

 

gold
himalayan life insurance long ad
kumari bank