stcnepal long ad
global ime bank long

यूनाइटेड इन्स्योरेन्स कम्पनीको जेठ २३ गते साधारण सभा, जेठ ९ गते बुक क्लोज

मर्जरको प्रस्ताव सहित ६ संचालकको निर्वाचन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी जेठ २३ गतेयूनाइटेड इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा  गर्ने भएको छ । कम्पनीको ३६७औं बैठकले गरेको निर्णय अनुसार सभाको मिति तय भएको हो । उक्त सभा अनमोल व्याङकेट काठमाडौंमा विहान ११ बजे आयोजना गर्ने जनाएको छ ।

कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन् । सभामा संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान,हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

 

साधारणसभाले आर्थिक वर्ष२०७८/०७९ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा नीजको पारिश्रमिक निर्धाण गर्ने, संचालक समितिमा संस्थापक शेयरधनी समुह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समुह ख को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्नेछ ।

त्यस्तै, बीमा समितिले तोको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसंँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने चल अचल सम्पति र दायित्व मुल्याङकन गर्नका लागि मान्यता प्राप्त मुल्याङकनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक लगायत मर्जर सम्बन्धी सम्पुर्ण अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले सभा प्रयोजनका लागि जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण जेठ ८ गतेसम्म कायमले सभामा भाग लिन सक्नेछन् ।

IME Lifesidebar
kumari