शिखर इन्स्योरेन्सको नाफा सामान्यले बढे

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यस अवधिमा यसको नाफा १.०४ प्रतिशत ले बढेर ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ३६ करोड ३३ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बिमा कोषको आकार १९.३५ प्रतिशत ले बढेर १ अर्ब ४७ करोड ८७ लाख २० हजार रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क आर्जन ४.४८ प्रतिशतले बढेर १ अर्ब १३ करोड १० लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब ८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी वार्षिक २८ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ९६ पैसा छ ।
३० वैशाख २०७९, शुक्रवार ०९:१५ बजे प्रकाशित