stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

शिखर इन्स्योरेन्सको वैशाख १९ गते सोमबारबाट सेयर लिलामी बिक्री खुला 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैशाख १९ गते सोमबारबाट शिखर इन्स्योरेन्सको सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामी बिक्री खुला हुँदैछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । यसअघि शिखरले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र सबै हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

prabhu mahalaxmi
kumari