stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वैशाख २१ गते एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारण सभा डाके

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले वैशाख २१ गते बुधबार वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते एक दिन बुक क्लोज गरेको छ । वैशाख ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

prabhu mahalaxmi
kumari