शेयरधनीहरुको हितग्राही खातामा एलआइसी नेपालको बोनश जम्मा
काठमाडौं । आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बोनश शेयर जम्मा गरिदिएको छ । इन्स्योरेन्सले गत फागुन ११ गते सम्पन्न गरेको १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले उक्त बोनश बैशाख १५ गतेदेखि जम्मा गरिेको बताएको छ ।
शेयरधनीहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । बैशाख १४ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको उक्त बोनश शेयर कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले नेप्सेमा २० प्रतिशत बोनश बापतको ४४ लाख २२ हजार कित्ता शेयर सूचिकृत गराएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
























