citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

दक्षिण कोरिया जान लिइने कोरियन भाषा परीक्षाको कार्यतालिका परिवर्तन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि धकेलिएको छ । यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुुवालले ईपीएसको रोजगारीमा जानेको कोरिया भाषाको परीक्षा स्थानीय निर्वाचनका कारण २० दिनपछि सारिएको बताउनुुभयो ।

कोरियाको मानव संसाधन विभाग (एचआरडी) सँगको सल्लाह लिएर नै परीक्षा सारिएको उहाँले बताउनुभयो ।

यही चैत १४ देखि २१ गतेसम्म ईपीएसमार्फत कोरिया जानका लागि आवेदन दिएकाहरूले पहिलो र दोस्रो चरणका भाषा र सीप परीक्षा वैशाख २६ देखि असोज २१ गतेसम्म सञ्चालन गर्ने तय भएको थियो । अब जेठ १५ गतेदेखि कात्तिकको पहिलो सातासम्म सञ्चालन गर्न सकिने भएको छ ।

ईपीएस शाखाका अनुसार सन् २०२२ मा नौ हजार सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि आवेदन माग आएकामा करिब ४४ हजारको आवेदन परेको छ ।

कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी (पेपरबेस टेस्ट) र कोरियाबाट फर्केकाका लागि सीबीटी (कम्प्युटरबेस टेस्ट) गरिँदै आएकामा अब यूबीटी (युबिक्युट्सबेस टेस्ट) प्रणालीबाट लिइनेछ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइनेछ । भाषा परीक्षाका लागि परेको आवेदनका आधारमा एक सिफ्टमा दुई सय जनाका दरले दिनमा चार सिफ्ट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम आठ सय जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । शाखाले भैँसेपाटीमा रहेको दक्षिण कोरिया मानव संसाधन विभाग ९एचआरडी०को कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ ।

सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा कोरोना सङ्क्रमणका कारण पछिल्लो दुुई वर्ष हुन सकेन । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् ।

त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।

himalayan life insurance
igi long